सूचनाको शक्ति - The Power Of Information

        

भारतका स्वास्थ्य मन्त्री पक्राउ

भारतको दिल्ली सरकार स्वास्थ्य मन्त्री सत्येन्द्र जैन सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका छन् ।

अरविन्द केजरीवाल सरकारका स्वास्थ्य मन्त्री जैन सन् २०१५ देखि सन् २०१६ मा कोलकाताको एक फर्मसँगको लेनदेनमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन् ।

भारतको केन्द्रीय अनुसन्धान व्युरो (सीबीआई) ले जैन र उनको परिवार विरुद्ध अगस्ट २०१७ मा १ अर्व ६२ करोड भारतीय रुपैयाँ अकूत सम्पति आर्जन गरेको भन्दै मुद्दा दायर गरेको थियो ।

जैन पक्राउ परकोमा आम आद्मी पार्टीले भने विरोध गरेको छ । जैन हिमाञ्चल प्रदेशका आम आद्मीका इन्चार्ज समेत हुन् ।

केही साताअघि भएको विधान सभा निर्वाचनमा आम आद्मी पार्टीले पञ्जावमा आश्चर्यजनक सफलता प्राप्त गरेको थियो । आम आद्मीले भ्रष्टाचार र अनियमिततालाई जरैदेखि उन्मुलन गर्ने उद्घोष गर्दै आएको छ ।

केही दिन अघि पञ्जाव सरकारका स्वास्थ्यमन्त्री पनि ठेकेदारसँग घुस मागेको आरोपमा पक्राउ परेका थिए ।

प्रकाशित मिति : १७ जेष्ठ २०७९, मंगलवार ०७:५९