सूचनाको शक्ति - The Power Of Information

        

देशभरको मौसम कस्तो छ ? हेर्नुस्

देशको केही स्थानहरुमा सोमबार मेघगर्जन, चट्याङ र हवाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

बिहान प्रदेश १ र मधेस प्रदेशका एक दुई स्थानहरूमा मेघगर्जन–चट्याङ्गसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको छ ।

त्यस्तै, राति मधेस प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने र प्रदेश १, बागमती प्रदेशका केही स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।

महाशाखाले प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ११:२३