सूचनाको शक्ति - The Power Of Information

        

समाचार

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एयरको जहाज

आइतबार बिहानदेखि बेपत्ता रहेको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

नेपाली सेनाको टोलीले जहाज थसाङ २ मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नेपाली सेनाका प्रवक्ताले जानकारी गराएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो जानकारी गराएका हुन् । पोखरादेखि जोमसोम जाने क्रममा आइतबार बिहानदेखि सो जहाज सम्पर्कविहीन बनेको थियो ।

पोखराबाट बिहान ९ः५५ बजे जोमसोमका लागि उडेको तारा एयरको ९ एनएइटी विमान बिहान १०ः०७ बजे जोमसोम विमानस्थलको टावरबाट सम्पर्कविच्छेद भएको थियो । उक्त जहाजमा चालक दलका तीन र १९ यात्रु रहेका तारा एयरले जनाएको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७९, सोमबार ०७:५६