सूचनाको शक्ति - The Power Of Information

        

आउँदाे वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य

सरकारले आउँदाे वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्को दुवै सदनमा प्रस्तुत गर्नुभएको आउँदो आर्थिक वर्षको बजेटमा यस्तो उल्लेख गरिएकाे हो ।

उहाँले नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्य, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रूपमा स्थापित गरिने बताउनुभयो ।

अर्थमन्त्री शर्माले उच्च हिमाली क्षेत्रमा पूर्वदेखि पश्चिमसम्म फैलिएको ग्रेट हिमालय ट्रेलका लागि ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको जानकारी दिनुभयाे ।

त्यस्तै सरकारले सगरमाथा क्षेत्रमा पर्वतारोहण अनुसन्धान केन्द्र र शेर्पाहरूको साहसिक पहिचान झल्कने सङ्ग्रहालय स्थापना गर्ने पनि उल्लेख गरेकाे छ । काठमाण्डाै महानगरपालिकासँगको सहकार्यमा एक नेवार सङ्ग्रहालय स्थापना गर्नुका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण समिति गुरुयोजना कार्यान्वयन गर्न पनि सरकारले सहयोग गर्ने भएको छ ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १८:३६