गणतन्त्र दिवसको अवसर पारी बझाङमा एक कैदीको कैद मिनाहा गरिएको छ । कारकागारमा ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई गणतन्त्र दिवसको अवसर पारेर एक जनाको कैद मिनाह गरिएको हो ।
कारागार रहँदा अनुशासन, असल आचरण तथा व्यवहार राम्रो गरेका एक जना कैदीहरुलाई कैद सजाय माफी भएको जिल्ला कारागार बझाङले जनाएको छ । बहुविवाह मुद्घाका एक जना कैदीको कैद मिनाहा गरिएको जिल्ला कारागार बझाङका जेलर धनबहादुर घर्तीले बताए ।
कैदमुक्त हुनेमा बहुविवाहको मुद्घाका जयपृथ्वी नगरपालिका–५ बष्टिका २५ बर्षिय लोकेन्द्र बहादुर सिंह रहेका छन् । बहुविवाहको मुद्घामा सिंहलाई २०७८ असोज ३१ गतेदेखि जिल्ला कारागार बझाङमा रहेको र २०७८ फागुन १२ गते बसेको इजलासले १ बर्ष कैद सजाय सुनाएको थियो ।
करिब ८ महिना जिल्ला कारागार बझाङमा कैद भुक्तानका लागि रहँदा उनको असल चालचलन भइ, तोकिएको शर्त पुरा गरेका, कम्तीमा ५० प्रतिशतभन्दा माथी कैद भुक्तान गरेकाले उनलाई कैद मुक्त गरिएको घर्तीले बताए । सरकारले हरेक बर्ष बडा दशैँ, प्रजातन्त्र दिवस, गणतन्त्र दिवस, र संविधान दिवसको अवसर पारी कैदीहरुलाई कैद मुक्त गर्ने गरेको छ ।
सत्यराज सिंह । बझाङ ।