सूचनाको शक्ति - The Power Of Information

        

विचार

‘माफियाहरुलाई सबक सिकाउनुपर्छ’

युवाको नारा दिएर मन्त्री भएकालाई युवाहरुले नै देखेर सहँदैनन् । आखिरी युवा नेता भएर पनि युवाको हितमा के काम गरे ? यिनीहरुको खोक्रो नाराले अब कसैलाई गाल्न सक्दैन ।

नेपालबाट वैदेशिक रोजगारमा जाने क्रम बढ्दो छ । हरेक वर्ष सात लाख नेपालीहरु वैदेशिक रोजगारीको खोजीमा निस्किन्छन् । त्यो मध्येमा १०–१५ हजार जनाले सरकारी जागिर खान्छन् । त्योपनि आफ्नो आफन्त भएमा । अरु कि त बेरोजगार बस्छन् कि त खाडी छिर्छन् । राम्रो शिक्षा हासिल गरेको राम्रै मुलुकमा छिर्छन् । सामान्य अक्षर चिनेकाहरु मलेशिया, दुबई, कतार छिर्छन् । त्यो पनि मजदुरी गर्ने शर्तमा ।

अरु सबै यही बेरोजगारीको ट्याग लिएर बसेका छन् । तर, त्यही बेरोजगार र गरिबीको नारा लिएर सत्तामा पुगेका छन् । कुर्सीमा पुगे, प्रधानमन्त्री र नेता बने । न गरिबहरुले पेटभरि खान पाएका छन् न रोजगार पाए । बेरोजगारको नारा लिएर महेश बस्नेत मन्त्री भए । गरिब र बेरोजगारको नाम बेचेर प्रधानमन्त्री, मन्त्री बनेकाहरु शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधव नेपाल, बाबुराम भट्टराई, केपी शर्मा ओली, बालकृष्ण खाँण, गगन थापा, रामकुमारी झाँक्री र अन्य राजनीतिक दलका नेताहरु पनि हुन् ।

यिनीहरु देशको प्रधानमन्त्री, मन्त्री हुँदा जनताको लागि सिन्का पनि भाँचेनन, जनताले तिरेको कर, व्यापारीसँग मिलेर व्यक्तिगत सम्पत्ति प्रशस्तै जोडे । अहिले जनताहरु गगन थापा, महेश बस्नेत, रामकुमारी झाँक्रीसँग असक्षम नेता भनेर जनताले चिन्छन् । रामकुमारी झाँक्रीलाई माधव नेपालले मनोनित साँसद हो । जनताको मतबाट साँसद भएका होइनन् । महेश बस्नेतलाई अब आउने चुनावमा भक्तपुर क्षेत्र नं २ बाट जनताहरुले हराँउछन् । महेश बस्नेतले उद्योगमन्त्री हुँदा वा सांसद हुँदा धेरै भ्रष्टाचार गरेको छ भन्ने कुरा लुकाएर लुक्दैन । गगन थापालाई काठमाडौं क्षेत्र नं ४ बाट पनि जनताहरुले हराइदिन्छन् ।

अब गगन थापालाई आफ्नो क्षेत्रबाट पनि भोट दिनेवाला छैनन् भन्ने निश्चित छन् । गगन थापा अक्षसम र कमिशन खाने नेता हो भन्ने कुरा सबैको दिमागमा छाप परेको छ । तर, पार्टीले गगन थापा, महेश बस्नेत, रामकुमारी झाँक्रीलाई टिकट दिए पनि जित्दैनन् । किन भने यिनीहरुले जनतालाई झुकाउन सक्दैन । यिनीहरुको झुटा कुरा, प्रचार अब जनताहरुले पत्याउँदैनन् । गगन थापा र महेश बस्नेतको पृष्ठभूमि केलाउने हो भने यिनीहरु गुण्डागर्दी क्षेत्रबाट राजनीतिमा आएका हुन् । पार्टीले पनि यस्ता व्यक्तिलाई टिकट दिइहाल्छन् । अब यस्ता व्यक्तिलाई जनताले किन मत दिने ? थर्काएर र फकाएर भोट लिने दिनको अन्त्य भएको छ ।

रामकुमारी झाँक्रीले ०६२–६३ को आन्दोलनमा गुलेलीले प्रहरीलाई हिर्काएर चर्चामा आएको हो । देशको राजनीति परिर्वतन गर्न झाँक्रीको कुनै पनि योगदान छैन । शहरीविकास मन्त्री बनाइएकी झाँक्रीले एउटा पनि राम्रो काम गरेकी छैनन् । उनको जानेको र बुझेको भनेको टिकटक बनाउन र अरुको कुरा काट्न यति नै हो । शहरी विकास मन्त्रालयको जिम्मेवारी पाएकी मन्त्री झाँक्रीसँग शहर व्यवस्थित गर्ने योजना छैन । सुन्दर र सफा शहर बनाउन भिजनको अभाव भएको प्रष्टै बुझिन्छ । माधव नेपाल नेतृत्वको पार्टी एकीकृत समाजवादीले वडाध्यक्ष हुने क्षमता नभएको व्यक्तिलाई मन्त्री बनाएको हो । समाजवादीबाट मन्त्री भएकाले काम गर्ने नसक्दा र कमिशनको प्रलोभनमा पर्दा स्थानीय चुनावमा पिछारिनुपरेको हो ।

आगामी चुनावमा पनि समाजवादीलाई जनताले मत दिनेवाला छैनन् । युवाहरुको नारा दिएर मन्त्री भएकालाई युवाले नै देखि सहँदैनन् । आखिरी युवा नेता भएर पनि युवाको हितमा के काम गरे ? यिनीहरुको खोक्रो नाराले अब कसैलाई गाल्न सक्दैन । गगन थापा स्वास्थ्यमन्त्री हुँदा केही काम नगरेको सबैलाई स्मरण नै छ । बरु, कमिशनमा प्रलोभनमा परे । गगन थापालाई अब आउने पार्टी महाधिवेशनमा पनि हराउँछन् । महेश बस्नेत उद्योगमन्त्री हुँदा इँट्टाभट्टा र क्रसर उद्योगसँग मिलेर कमाए । महेश बस्नेतलाई पनि केपी ओलीले नैै मन्त्री बनाएकै हुन् । क्षमताको आधारमा होइन् गुण्डागर्दी गर्ने सक्षमतालाई नियाल्दै मन्त्री बनाइयो । अब यिनीहरुले राजनितिबाट सन्यास लिँदा पनि हुन्छ । यदि यिनीहरुले राजनीतिबाट सन्यास लिएनन् भने केशव स्थापित र सिर्जना सिंहको जस्तो हालत हुन बेर लाग्दैन । गोकुल बाँस्कोटाले आफनो क्षेत्रबाट विस्थापित हुने सुनिश्चित छ ।

राजनीति दलहरुले हामी जे गरे पनि जनताले सहन्छन् भनेर सोच्ने दिन गए । हामीले जे बोले पनि जनताले सुन्छन् र विश्वास गर्छन् भनेर नसोच्दा पनि हुन्छ । वैशाख ३० गते भएको स्थानीय चुनावको नतिजा हेर्ने हो भने धेरै ठाँउमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । एक–दुई वटा हात्तीको नोट, एक गिलास जाँडरक्सीको पछाडि जनता लाग्दैनन् भन्ने कुरा अहिलेको नतिजाले प्रमाणित गर्यो । पार्टीको पछाडि दौडिने दिन पनि गयो । आम नागरिकहरुमा यतिको चेतना आउनु भनेको सञ्चारमाध्यमहरुको देन हो । सञ्चारमाध्यमले हाम्रोलाई होइन राम्रोलाई भोट दिनु भनेर पटकपटक बाहिर ल्याइरहेका थिए । बहुदलीय परिवर्तन आएको यत्रो वर्ष बितिसक्दा पनि जनजीवनमा केही परिवर्तन महशुस गर्न नपाएका सर्वसाधारणले जे गरे ठिक गरे ।

देशको प्रधानमन्त्री देउवाले सांसद नै नभएको व्यक्ति गोविन्द बन्दीलाई कानुनमन्त्री घोषित गरेका छन् । सांसद नै नभएको महेश बस्नेत, युवराज खतिवडालाई केपी ओलीले मन्त्री बनाएका थिए । नेताहरुको नजिक हुने, मिठा कुरा गर्न सक्नेलाई मन्त्री बनाइन्छ । आफ्नो आफन्तलाई पनि अनुकुल मिलेसम्म मन्त्री बनाउने काम हुन्छ, यहाँ । जनताबाट चुनिएर गएकाहरुले वर्षौ प्रतिक्षा गर्दा पनि मन्त्री बन्न पाउँदैनन् । आफ्नो क्षेत्रमा भएभरको बजेट पार्छन् । तर, बोल्न नसक्ने सांसदको क्षेत्रमा एक सुको पनि झर्दैन । जहिले पनि एउटै मानिस दोहोर्याएर प्रधानमन्त्री, बन्छन् । पटकपटक एउटै व्यक्ति आउने अनि भ्रष्टाचार गर्ने । आखिरी जसले पैसाको खोलो बगाउन सक्यो उसले नै टिकट पाउने रहेछ भन्ने प्रमाणित भइसकेको छ ।

अहिलेको स्थानिय चुनावमा पनि जसले पार्टीलाई पोस्न सक्यो उसले मात्र टिकट पाए । अधिकांश टिकट पाउनेहरुमा घरजग्गा दलाली, म्यानपावर दलाली, निर्माण व्यवसायी, यातायात व्यवसायी छन् । २० वर्ष पार्टीमा लागेकाहरु अहिले पनि जिल्लै । राम्रालाई टिकट नदिएपछि अन्ततः जनताले स्वतन्त्र रोजका हुन् । काम गर्छु भन्नेलाई पार्टी नै चाहिँदो रहेछ र ? भन्ने सवालको जवाफ राजनीतिक दलहरुले पाइसकेका छन् । अझै पनि यही बानी व्यवहार देखाउने र जनतामाथि शासन लाद्न खोज्ने हो भने राजनीतिक दलहरुलाई देशबाट निकाला गर्न बेर लाग्दैन । ढिला नै भएपनि जनतामा चेतना आइसकेको छ । नेपालमा बसेर नेपाल बेच्न खोज्नेहरुलाई सबक सिकाउनैपर्छ । माओवादी, एमाले लगायतका दलहरु चीनको दलाल हुन् ।

नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, मधेशी दलहरु भारतका माफियाहरु हुन् । नेपाली नागरिक र राष्ट्रको लागि यिनीहरु नेता होइन । अरु देशको झोलेहरु । अरु देशको झोला बोकेर राजनीति गर्दा मुलुक नै तहसनहस बन्यो । यिनीहरुलाई सजाय दिने एक मात्र उपाय, बहिष्कार रोजौं । आम नागरिक सबै देशप्रति जिम्मेवार हुनुपर्छ । विदेशी ऋण दिनहुँ बढिरहेको छ । एउटा नेपालीका टाउको ७० हजार रुपैंया पुर्याइदिन्छन् । अहिले महँगीले जनताहरु बाँच्न नसक्ने अवस्थामा पुगिसकेका छन् । नेताहरुले विकास होइन सर्वनाश गरेरै छाडे । नेपालमा रोजगारी नपाएर दिनहुँ श्रम स्वीकृति लिनेको संख्या बढिरहेको छ । दैनिक ५३ हजार नेपाली अरुको भूमिमा आफ्नो रगतपसिना चुहाउन पुगेका छन् । यो विषयमा नेताहरुलाइ कुनै चासो छ ? यस्ताको पछि लाग्नु नेपाल र नेपाली दुवेका लागि दुर्भाग्यको कुरा हो ।

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतवार १०:२५