सूचनाको शक्ति - The Power Of Information

        

रेनु दाहाल चढेकाे गाडी दुर्घटना, अवस्था ‘खतरामुक्त’

भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल चढ्नुभएकाे गाडी दुर्घटना भएको छ ।

दाहाल चढ्नुभएकाे गाडी ललितपुर जावालाखेलको स्टाफ कलेज नजिकै टायर पन्चर भएर पोलमा ठोक्किएको जावालाखेल प्रहरीले जनाएको छ ।

दुर्घटनाका कारण दाहालको टाउकोमा चोट लागेको छ । उहाँको अहिले सुमेरु अस्पतालमा उपचार भइरहेको छ । उहाँको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएकाे छ ।

मेयर दाहाल केही समयदेखि खुमलटार बस्दै आउनुभएको थियो ।

प्रकाशित मिति : १३ जेष्ठ २०७९, शुक्रबार १८:२८