सूचनाको शक्ति - The Power Of Information

        

थपिए २१ जना कोरोना संक्रमित

देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरको विभिन्न प्रयोगशालामा ३ हजार ६ सय २८ जनामा गरिएको परीक्षणमा २१ जनामा संक्रमण पुष्टि भएको हो ।

बिही बार १३ जना संक्रमित संक्रमणमुक्त भएका छन् ।

देशभर १ सय २९ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १८:०२