सूचनाको शक्ति - The Power Of Information

        

एम्बुलेन्स पल्टिँदा घरमा सुतिरहेकी वृद्धाको मृत्यु

सिन्धुपाल्चोकको सुनकोशी गाँउपालिका–७ मा गएराति एम्बुलेन्स अनियन्त्रित भएर सडक छेउमा रहेको घरमाथि पल्टिँदा एक जना वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुतिरहेकी अन्दाजी ७९ वर्षीया मनमाया खड्का रहेकी छिन् । उनी एम्बुलेन्स पल्टिँदा निदाएकै स्थानमा च्यापिएकी थिइन् ।

दोलखाबाट काठमाडौं आउँदै गरेको बा २० च ६३२७ नम्बरको एम्बुलेन्स पल्टिएको थियो । चालक फरार रहेकाले खोजी भइरहेको प्रहरी चौकी लामोसाँघु सिन्धुपाल्चोकले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार ११:०९