सूचनाको शक्ति - The Power Of Information

        

सिम्ता गाउँपालिकाका अध्यक्षको बैंक खातामा ८ हजार ३६२ रुपैयाँ !

सुर्खेत जिल्लाको सिम्ता गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष ऐनबहादुर चन्दले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

पदभार ग्रहण गर्दै गर्दा निष्ठाको राजनीति गर्ने भन्दै उनले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् । सुर्खेतका स्थानीय तहमा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने उनी पहिलो जनप्रतिनिधि हुन् ।

सम्पत्तिको नाममा उनको साङ्ग्रिला बैंकमा ८ हजार ३६२ रुपैयाँ र १२५ सीसीको होन्डा साइन बाइक रहेको उल्लेख गरेका छन् । यस्तै बुबाको नाममा ४ कोठाको कच्ची घर रहेको पनि उनले विवरणमा उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार १०:४१