सूचनाको शक्ति - The Power Of Information

        

सिन्धुपाल्चोकमा घरमा एम्बुलेन्स पल्टिँदा एक जनाको ज्यान गयो, चालक फरार

 सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका वडा नम्बर ७ को दुई किलोमा गएराति एम्बुलेन्स पल्टिँदा एक जनाको ज्यान गएको छ ।

गएराति ८ बजेतिर बा २० च ६३२७ नम्बरको एम्बुलेन्स घरमा पल्टिँदा त्यही घरमा सुतिरहेकी ७५ वर्षकी मनमाया खड्काको ज्यान गएको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर यादवले जानकारी दिनुभयो ।

उहाँका अनुसार गम्भीर घाइते भएकी खड्काको उपचारका क्रममा बाह्रबिसेमा ज्यान गएको हो ।  एम्बुलेन्सका चालक भागेका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहीबार ०८:४०