सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा कार्यपालिका सदस्य निर्वाचनमा केन्द्रित भए राजनीतिक दल

बाँकेका ८ वटै स्थानीय तहमा कार्यपालिका गठनको तयारी गरिएको छ । मतगणनाको अन्तिम परिणाम घोषणा भएसँगै कार्यपालिका सदस्य छनोटका लागि निर्वाचन गराउन लागिएको हो ।

कार्यपालिका सदस्य निर्वाचनका लागि सम्बन्धित स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेका छन् ।

डुडुवामा मंगलबार मनोनयन दर्ता हुँदैछ । जानकी गाउँपालिकामा ११ गते मनोनयन, १६ गते मतदान, खजुरामा १२ गते मनोनयन, १७ गते मतदान, राप्तीसोनारीमा ११ गते मनोनयन, १६ गते मतदान, बैजनाथमा १२ गते मनोनयन, १६ मतदान हुने भएको छ ।

यस्तै नेपालगञ्जमा ११ गते मनोनयन, १६ गते मतदान, नरैनापुरमा १७ गते मनोनयन २० गते मतदानको कार्यतालिका सार्वजनिक भएको कार्यसूची छ, भने कोहलपुरमा भने अझै टुंगो लागेको छैन ।

कार्यपालिका सदस्यमा वडामा निर्वाचित भएका महिला सदस्य मध्येबाट तथा सिमान्तकृत–अल्पसंख्यक र दलित समुदायबाट निर्वाचित गर्ने ब्यवस्था छ ।

कार्यपालिका सदस्यको निर्वाचनमा नवनिर्वाचित पालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्यले मतदान गर्नेछन् । कार्यपालिका सदस्यहरु निर्वाचित भएपछि मात्र स्थानीय सरकारले पूर्णता पाउने हुनाले यसको विशेष महत्व रहन्छ ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार १९:३१