सूचनाको शक्ति - The Power Of Information

        

जानकीका अध्यक्ष खाँ र उपाध्यक्ष यादवद्धारा पदभार ग्रहण

जानकी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छब्बन खाँ र उपाध्यक्ष रामप्यारी यादवले पदभार ग्रहण गरेका छन् ।

No description available.

नवनिर्वाचित खाँले आइतबार मुख्य निर्वाचन अधिकृत एवम् जिल्ला न्यायाधीश खडानन्द तिवारी समक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।

No description available.

गाउँपालिकामा सोमबार एक समारोहका बीच अध्यक्ष खाँले उपाध्यक्ष यादवसहित ६ वटै वडाका वडाअध्यक्ष र वडा सदस्यलाई पद तथा गोपनियताको सपथ खुवाए । पद तथा गोपनियताको सपथ पश्चात अध्यक्ष खाँ र उपाध्यक्ष यादवले पदभार ग्रहण गरेका थिए ।

No description available.

सो क्रममा नवनिर्वाचित जनप्रतिनिधी, निर्वतमान जनप्रतिनिधी, पार्टीका प्रतिनिधी, निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, गाउँपालिका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

No description available.

हालै सम्पन्न निर्वाचनबाट गाउँपालिका अध्यक्षमा कांग्रेसका खाँ र उपाध्यक्षमा यादव निर्वाचित भएका थिए । खाँले नेकपा एमालेका हिमान्सु यादवलाई र यादवले एमालेकी भुमिसरा धिताललाई पराजित गरेका थिए ।

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार ०८:३१