सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुरमा प्रत्येक महिना ‘सिधा कुरा मेयरसँग’

बाँकेको कोहलपुर नगरपालिकामा अब प्रत्येक महिना ‘सिधा कुरा मेयरसँग’ कार्यक्रम संचालन हुने भएको छ ।

नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिले कार्यकाल सम्हालेको पहिलो दिन सोमबार पेस गरिएको सो प्रस्तावमा निणर्य गरिएको हो । मेयर पूणर् आचार्य, उप-मेयर संगीता सुवेदीले पहिलो बैठकमा ७ बुँदे निणर्य गरेका छन् ।

नगरपालिकाले जनशक्ति उपलब्ध गराउन सिपयुक्त र सिप नसिकेका व्यक्तिहरुलाई रोजगारी दिन रोजगार बैंक तथा श्रम बैंकको स्थापना गर्ने निणर्यसमेतभएको छ ।

त्यस्तै नगरपालिकाको सर्वागिंक विकास गर्नको लागि विभिन्न विषयका विज्ञहरु संलग्न भएको एक ‘विज्ञ समूह’ गठन गर्ने, नगरमा वृक्षारोपण, विद्युतीय सवारी साधन एवम् विद्युतीय चुल्हो साथै विद्युत् खपत हुने उद्योगधन्दाहरुलाई प्रर्वधन गर्ने नीति लिने पनि निणर्य भएको छ ।

त्यसैगरी नगरको सामाजिक, पूर्वाधार र आर्थिक विकासका लागि समग्र नगरको विश्लेषण गरी ६ महिनाभित्र प्रतिवेदन तयार गर्ने र सोको आधारमा बजेट, योजना तथा कार्यक्रम तर्जुमा गर्ने निणर्य भएको छ ।

साथै अति विपन्न, दलित तथा लक्षित वर्गका विद्यार्थीहरुका लागि उच्च शिक्षा निःशुल्क गर्न सरकारी विश्वविद्यालयका आंकित क्याम्पससँग सहकार्य गर्ने पनि निणर्य भएको छ ।

 

प्रकाशित मिति : १० जेष्ठ २०७९, मंगलवार ०८:२५