सूचनाको शक्ति - The Power Of Information

        

काठमाण्डौ महानगरमा बालेन साह ४३ हजार ८ सय ५० मतसहित अगाडि

 काठमाण्डौको पछिल्लो मत परिणामअनुसार मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले ४३ हजारभन्दा धेरै मत ल्याउनु भएको छ ।

महानगरको १ लाख २८ हजार ४ सय ८५ मत गन्दा बालेन साहले ४३ हजार ८ सय ५० मत पाउनु भएको छ ।

नेपाली कांग्रेसकी सिर्जना सिंहले २५ हजार ९ सय ४४ मत पाउनु भएको छ ।  एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा हुनुहुन्छ । उहाँले २५ हजार ५९ मत पाउनु भएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७९, सोमबार ०७:४८