सूचनाको शक्ति - The Power Of Information

        

बर्दिवासको मेयर र उपमेयरमा बागी निर्वाचित, काँग्रेसको जमानत जफत

महोत्तरीको बर्दिबासको नगरपालिकामा स्वतन्त्र उम्मेदवार प्रल्हादकुमार क्षेत्री विजयी भएका छन् । माओवादी केन्द्रका राजु खड्कालाई ५ हजार ८८७ मतान्तरले पछि पार्दै क्षेत्रीले जित हात पारेका हुन् । उनले १४ हजार २१० मत प्राप्त गरे ।

उपप्रमुखमा पनि स्वतन्त्र उम्मेवार तारादेवी महतो विजयी भएकी छन् । महतोले ९ हजार ७३६ मत प्राप्त गरेकी छन् भने उनकी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कृष्णमाया गौतमले ८ हजार १८५ मत प्राप्त गरेकी छन् ।

क्षेत्रीले काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र प्यानल बनाएरका थिए । काँग्रेस प्रदेश कमिटीबाट पाएको टिकट केन्द्रले खेसेर चिरंजीवी हमाललाई आधिकारीक उम्मेदवार बनाएको थियो । क्षेत्रीले काँग्रेस उम्मेदवार हमालको जमानत समेत जफत हुने अवस्था बनाइ दिए ।

खसेकोमध्ये कुल सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा हमालको जमानत जफत भएको । उनले १२६३ मत मात्र ल्याएका थिए । क्षेत्रीले काँग्रेस उम्मेदवारको जमानत जफत मात्र गरेनन् ०७४ मा माओवादी केन्द्रले जितेका मेयर र उपमेयर पद पनि खोस्न सफल भए ।

उनको प्यानलले माओवादी, नेकपा एमाले, काँग्रेस, जसपा लगायत दललाई पराजित गरेको हो । स्वतन्त्र उम्मेदवार क्षेत्री र महतोको चुनाव चिन्ह पनि एउटै जेब्रा थियो । जेब्रा चुनाव चिन्ह लिएका उम्मेदवारले १, ७, १३ र १५ मा वडाध्यक्ष पनि जितेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०७९, शुक्रबार ०९:१३