सूचनाको शक्ति - The Power Of Information

        

स्थानीय तह निर्वाचन

नेपालगन्ज उपमहानगरमा गठबन्धनको जित निश्चित

नगर प्रमुखमा प्रशान्त बिष्ट ९६४७ मतान्तरले अग्रस्थानमा छन् भने नगर उपप्रमुखमा कमरुद्दिन राई ५२०३ मतान्तरसहित जित नजिक रहेका छन् ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको गठबन्धनले जित्ने निश्चित भएको छ ।

नेपालगन्जमा अब चार वटा वडाको मतगणना मात्रै बाँकी रहँदा गठबन्धन भारी मतले अग्रस्थानमा रहेको छ । नेपालगन्ज वडा नं. १२, १, १४ र १५ वडाको मात्रै मत परिणाम आउन बाँकी रहेका छ ।

उपमहानगरमा गठबन्धनतर्फबाट नगर प्रमुखका उम्मेदवार प्रशान्त विष्ट ९६४७ मतान्तरले अ्रस्थानमा रहेका छन् । उनले नेपालगन्ज उपमहानगरका १९ वटा वडाको मतगणना सकिँदा १९७८४ मत ल्याएका छन् ।

बिष्टलाई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का तर्फबाट नगर प्रमुखका उम्मेदवार पशुपतिदयाल मिश्रले १०१३७ मत ल्याउँदै पछ्याइरहेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नगर प्रमुखका उम्मेदवार नन्दलाल बैश्यले ६६५५ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

यस्तै नगर उपम्रमुखमा जसपाका कमरुद्दिन राई १४७९५ मतका साथ अगाडि छन् । उनलाई एमालेकी शान्तिदेवी ढकालले ९५९२ मतसहित पछ्याइरहेकी छन् । राई र ढकालको ५२०३ मतान्तर रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै राप्रपाकी बिन्दु चर्ती मगरले ८८९१ मतसहित तेस्रो स्थानमा रहेकी छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयलका अनुसार अहिले नेपालगन्जका वडा नम्बर १२, १३, १४ र १५ मतगणना जारी रहेको छ भने वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १६, १७, १८, १९, २०, २१, २२ र २३ को मतगणना सम्पन्न भइसकेको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार २०:३१