सूचनाको शक्ति - The Power Of Information

        

अमेरिकामा मंकीपक्स भाइरस देखापर्यो

UNDATED ? MAY 27: In this Centers for Disease Control and Prevention handout graphic, symptoms of one of the first known cases of the monkeypox virus are shown on a patient?s hand May 27, 2003. The CDC said the viral disease monkeypox, thought to be spread by prairie dogs, has been detected in the Americas for the first time with about 20 cases reported in Wisconsin, Illinois, and Indiana. (Photo Courtesy of CDC/Getty Images)

कोरोना महामारीबाट उठ्ने प्रयास गरिरहेको समयमा अमेरिकामा पुनः मंकीपक्स भाइरस देखा परेको छ ।

सुरुमा बेलायतमा देखा परेको यो भाइरस अमेरिकाको टेक्ससमा पनि फैलिएको छ । सन् २००३ मा अमेरिकाको कयौं शहरमा देखा परेको यो भाइरस नियन्त्रणमा आएको थियो ।

भाइरसको संक्रमण नाइजेरियाको भ्रमणबाट अमेरिका फर्किएका व्यक्तिमा पुष्टि भएको हो । बिफरसँग मेल खाने यो भाइरसको लक्षण हात खुट्टाबाट सुरु भई शरीरभरी फैलिने गर्छ ।

यो रोगमा सुरुमा ज्वरो आउने, टाउको दुख्ने, मांशपेशी दुख्ने र पछि बिस्तारै शरीरभर पानीको फोका देखा पर्ने गर्दछ ।

डब्ल्युएचओका अनुसार मंकीपक्स एक सरुवा रोग भएका कारण उच्च सतकर्ता अपनाउनुपर्ने हुन्छ । अमेरिकामा मंकिपक्स पुष्टि भएका व्यक्तिलाई छुट्टै निगरानी बढाइएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १८:४६