सूचनाको शक्ति - The Power Of Information

        

बाँके प्रहरी हिरासतमा यादबको हत्या भएको भन्दै नरैनापुर बासी आन्दोलनमा

बाँकेको राप्तीपारी भोजभगवानपुर इलाका प्रहरी कार्यालयमा हिरासतमा लिइएका ब्यक्तीको २४ घण्टा नवित्दै मृत्यु घटनामा नरैनापुर बासी विरोधमा उत्रिएका छन।

बाँकेको नरैनापुर गाउँपालिका वडानम्वर ५ का ३५ बर्षिय रामपाल यादबलाई जवरजस्ती करणी गरेको आरोपमा मंगलबार राती भोजभगवानपुर प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ लगत्तै पक्राउ गरिएका यादबको लक्ष्मणपुर स्वास्थ्य केन्द्रमा स्वास्थ्य परिक्षण गरी स्वास्थ्य ठिक तन्दुरुस्त भएको अवस्थामा प्रहरीले हिरासतमा लिएको थियो ।

हिरासतमा लिइएपछी त्यहाँ कार्यरत प्रहरीले अन्धाधुन्ध यातना दिएर हत्या गरेको भन्दै पिडितहरूले वुधवार साँझ देखि नै भोजभगवानपुर इलाका प्रहरी कार्यालय गेटमा पिडकलाई अविलम्भ कडा कार्वाही र पिडितलाई क्षतीपुर्ती माग सहित अनसनमा बसेका थिए ।

स्थानीयले प्रहरीले नियन्त्रणमा लिएर मृतक यादबलाई कुटेर हत्या गरेकाे आराेप लगाएका छन। हालै ईलाका प्रहरी कार्यालय भाेज भगवानपुरमा सरुवा भएर आएका ईन्चार्ज प्रहरी निरिक्षक बिर बहादुर सुनारले घटनका सम्वन्धमा जवरजस्ती करणी आराेपी यादवलाई पक्राउ पछी मेडिकल गर्न लक्षमणपुर स्वास्थ केन्द्रमा लगेकाे र स्वास्थ्य अवस्था सामान्य रहेका्े अवस्थामा ईप्रकामा ल्याईएकाे जानकारी दिनुभएको छ ।

बिहानपख मृतकले अप्रत्याशित व्यवहार देखाएपछि उपचारको लागी नेपालगञ्ज स्थित भेरी अस्पताल पुराउदा अस्पतालले मृत्यु घाेषणा गरेको बिर बहादुरले वताउनु भएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७९, बिहीबार १८:४३