सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा गठबन्धनका दुवै उम्मेदवार जीत नजिक

नेपालगन्ज उपमहानगरपालिकामा नेपाली काँग्रेसका उम्मेदवार प्रशान्त विष्टले दोब्बर बढी मतले अग्रता लिइरहेका छन् ।

भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा जारी पछिल्लो मत गणना परिणाम अनुसार नगर प्रमुख पदका उम्मेदवार विष्टले १४४९८ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका नेकपा एमालेका पशुपतिदयाल मिश्रले ७३१६ मत ल्याएका छन् । विष्ट र मिश्रबीच ७१८२ मतको अन्तर रहेको मुख्य निर्वाचन अधिकृत कार्यालयका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईले जानकारी दिए । यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका नन्दलाल बैश्यले ५४१२ मत प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राईले १११९८ मत ल्याएर अग्रता लिइरहेका छन् । यस्तै राप्रपाकी विन्दु चर्तीमगरले ७०६० मत प्राप्त गरेकी छन् । राई र चर्तीमगरबीच ४१३८ मतको अन्तर रहेको छ । नेकपा एमालेकी शान्ति ढकालले ६९२८ मत प्राप्त गरेकी छन् ।

अहिलेसम्म नेपालगन्ज १, २, ३, ४, ५, ६, ७, ८, ९, १७, १९, २०, २१, २२ र २३ को अन्तिम मतगणना सार्वजनिक भइसकेको छ । यस्तै वडा नम्बर १८ र १० को मतगणना अहिले भेरी प्राविधिक शिक्षालयमा चलिरहेको छ ।

नेपालगन्ज उपमहानगरपालिकामा कूल जनसंख्या १,६६,२५८ रहेको छ । भने कुल मतदाता संख्या ८१,७९४ रहेको छ । जसमा ४३,१११ पुरुष र ३८,६७९ महिला रहेका छन् । निर्वाचनमा कुल ६१२०५ मत खसेको थियो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १८:३२