सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज–१७ को वडाध्यक्षमा कांग्रेस विजयी

बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं.१७ मा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मणप्रसाद बर्मा निर्वाचित भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का कंधई बढहीलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

वर्माले ९०९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी लोसपाका वढईले ८२८ मत प्राप्त गरे । यस्तै जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार मोहनलाल दिवेदीले १०० र राप्रपा धरमराज यादव (अहिर)ले ६४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका अजय पाठक निर्वाचित भएका थिए । यसपटक पनि उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाठकको उम्मेदवारी रद्ध गरिदिएको थियो । बैंकिङ कसुर मुद्दामा पाठकको उम्मेदवारी रद्ध गरिएको हो ।

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार १३:५०