सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज १७ को वडाअध्यक्षमा कांग्रेसका वर्मा निर्वाचित

 नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १७ मा नेपाली कांग्रेसका उम्मेदवार लक्ष्मणप्रसाद वर्मा निर्वाचित भएका छन् । भेरी प्राविधिक शिक्षालय नेपालगन्जमा अहिले केहीबेरमा उक्त वडाको अन्तिम मत परिणाम घोषणा गरिदैछ ।

उक्त वडामा जसपाका तर्फबाट मोहनलाल दिवेदी, लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)का कंधई वढही र राप्रपा धरमराज यादव (अहिर) वडाअध्यक्षका उम्मेदवार थिए । यसअघि २०७४ को निर्वाचनमा नेकपा माओवादी केन्द्रका अजय पाठक निर्वाचित भएका थिए ।

यसपटक पनि उनी नेकपा एमालेका तर्फबाट उम्मेदवार भएपनि मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाठकको उम्मेदवारी रद्ध गरिदिएको थियो । बैंकिङ कसुर मुद्दामा पाठकको उम्मेदवारी रद्ध गरिएको हो

प्रकाशित मिति : ४ जेष्ठ २०७९, बुधबार ११:५६