गत वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचनको मत गणना जारी छ । सुदूरपश्चिम प्रदेशका ८८ वटा स्थानीय तहमध्ये अहिलेसम्म ३७ वटाको मतगणना सम्पन्न भएको छ ।
मतगणना सकिएका ३७ स्थानीय तहमध्ये नेपाली कांग्रेस १६ वटा पालिकामा विजयी भएको छ । नेकपा एमाले १३ वटा पालिकामा विजयी भएको छ भने नेकपा माओबादी केन्द्र ८ वटा पालिकामा विजय भएको छ ।
नेपाली कांग्रेस विजयी भएका पालिकाहरू :-
- डडेल्धुराको नवदुर्गा गाउँपालिका–लक्ष्मीप्रसाद अवस्थी
- डडेल्धुराको गन्यापधुरा गाउँपालिका–ईन्द्रबहादुर कार्की
- अछाम ढाकरी गाउँपालिका–प्रकाशबहादुर साउद
- अछामको कमलबजार नगरपालिका – यज्ञ प्रसाद ढकाल
- अछामको बान्नीगढीमा – टेक बहादु साँउद
- अछामको चौरपाटी गाउँपालिका – भीमबहादुर साउद
- अछामको रामारोशन गाँउपालिका – मानबहादुर साउद
- बझाङको मष्टा गाउँपालिका – ज्ञानबहादुर बोहरा
- डोटीको आर्दश गाउँपालिका–गणेशबहादुर खड्का
- डोटी सायल गाउँपालिका – धर्मराज जोशी
- डोटीको बडीकेदार गाउँपालिका– भैरवबहादुर साउद
- डोटीको पूर्वीचौकी गाउँपालिकामा – राम प्रसाद उपाध्याय
- बैतडीको शिवनाथ गाउँपालिका– कर्णसिंह साउद
- बैतडीको सिगास गाँउपालिका – हरिसिँह धामी
- बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका– भरत बहादुर रोकाया
- कञ्चनपुरको बेलडाँडी गाँउपालिका– हरिशचन्द्र राना
नेकपा एमाले विजयी भएका पालिकाहरू:-
- कैलालीको चुरे गाउँपालिका– चक्र बहादुर बोगटी
- कञ्चनपुरको लालझाडी गाउँपालिका– निर्मल राना
- बझाङको थलारा गाउँपालिका– प्रकाश रोकाया
- बझाङको साइपाल गाउँपालिका– मानबहादुर बोहोरा
- बाजुराको गौमुल गाउँपालिका – हरिबहादुर रोकाया
- दार्चुलाको महाकाली नगरपालिका– नरसिंह चैसिर
- दार्चुलाको शैल्यशिखर नगरपालिका– विजयसिंह धामी
- दार्चुलाको दुहु गाँउपालिका – नरेन्द्र बहादुर बडाल
- दार्चुलाको मालिकार्जुन गाँउपालिका – हिरा सिहँ धामी
- दार्चुलाको दुहु गाँउपालिका –नरेन्द्र बहादुर बडाल
- बैतडीको पन्चेश्वर गाउँपालिका – गोरखबहादुर चन्द
- बैतडीको सुर्नया गाउँपलिका अम्मर कुँवर
- डोटीको जोरायल गाउँपालिका – दुर्गादत्त ओझा
नेकपा माओवादी केन्द्र विजयी भएका पालिकाहरू :-
- दार्चुलाको नौगाड गाउँपालिका –दलजीत सिंह धामी
- दार्चुलाको मार्मा गाउँपालिका – जमनसिंह धामी
- दार्चुलाको अपिहिमाल गाउँपालिका–भक्तसिंह ठेकर
- दार्चुलाको लेकम गाउँपालिका – रामदत्त जोशी
- डोटीको बोकटान फुड्सिल गाउँपालिका –कमलबहादुर गड्सिला
- डडेल्धुरा आलिताल गाउँपालिका – शेरसिंह पार्की
- डडेल्धुराको अजयमेरु गाँउपालिका – उमेशप्रसाद भट्ट
- बझाङको दुर्गाथली गाउँपालिका –दिलबहादुर थापा
सत्यपाटी । काठमाडौँ ।