सूचनाको शक्ति - The Power Of Information

        

खजुरा वडा नम्बर ५ को अध्यक्षमा गरिबे शेखको प्यानल विजयी

खजुरा गाउँपालिका वडा नम्बर ५ को अध्यक्षमा माओवादी केन्द्रका गरिबे शेखको प्यानल निर्वाचित भएको छ । गरिबेले ९६७ मत सहित जित हासिल गरेका हुन ।

उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका विष्ण बर्माले ८६९ मत पाए । गरिबेले ९८ मतले जित हासिल गर्न सफल भएका हुन ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा उनी कांग्रेसका उम्मेदवारसँग ११ मतले पराजित भएका थिए । खजुरा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा ५ नम्बरले महत्वपुर्ण भुमिका खेलेको छ ।

एमालेका उम्मेदवारले अग्रता बढाइरहेका बेला ५ नम्बरमा आएर गठबन्धनका उम्मेदवारले एमालेका उम्मेदवारको तुलनामा राम्रो मत पाएका छन ।

५ नम्बर वडाबाट गठबन्धनबाट अध्यक्ष पदका उम्मेदवार डम्बर विक तुफानले १०९९ मत पाउँदा एमालेका सुमन मल्लले ५४२ मत पाएका छन ।

यसैगरी उपाध्यक्षमा गठबन्धनकी मन्जु मल्लले ८६९ मत पाउँदा एमालेकी ताजरुन निशाले ४३१ मत पाइन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलवार ११:३६