सूचनाको शक्ति - The Power Of Information

        

भरतपुर महानगरमा रेनु दाहाल भन्दा विजय सुवेदी ७३ मतले अगाडि

चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्र र एमालेबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।

पछिल्लो मत परिणामअनुसार माओवादी केन्द्रकी रेनु दाहाल ७३ मतले पछि पर्नु भएको छ । उहाँलाई एमालेका उम्मेदवार विजय सुवेदीले उछिन्नु भएको हो ।

पछिल्लो मत परिणाम अनुसार सुवेदीले ४ हजार ६ सय २५ मत ल्याउनु भएको छ भने माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ४ हजार ५ सय ५२  मत प्राप्त गर्नु भएको छ ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४० मत प्राप्त गर्नु भएको छ ।  उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीको अग्रता छ । उहाँले ५ हजार ३ सय ९५ मत पाउनु भएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार १६:४९