बाँकेको जानकी गाउँपालिकामा नेपाली कांग्रेस १ हजार ५ मतअन्तरले अगाडि रहेको छ ।
कांग्रेसका अध्यक्ष पदका उम्मेदवार छब्बन खाँ निकटतम प्रतिस्पर्धीभन्दा हजार मतले अगाडि रहेका हुन् ।
हालसम्मको कूल ७ हजार ७ सय ४२ मत गणना गर्दा खाँले २ हजार ५ सय ८० पाएका छन् ।
एमालेका हिमान्शु यादवले १ हजार ५ सय ७५ मत पाएका छन् भने जसपाका राजिव बर्माले १ हजार ५ सय २६ मत पाएका छन् ।
त्यस्तै उपाध्यक्षमा पनि कांग्रेस १ हजार ३ सय १६ मतअन्तरले अगाडि रहेको छ । कांग्रेसकी उपाध्यक्ष रामप्यारी यादवले २ हजार ७ सय ३ मत पाएकी छिन् ।
उनका प्रतिपस्र्धी नेकपा माओवादी केन्द्रले १ हजार ३ सय ८७ र एमालेले ९ सय ८० मत पाएका छन् ।
सत्यपाटी । बाँके ।