आज मतगणनाको तेस्रो दिन, सोमबार । काठमाडौं महानगरका मेयरमा सबैको चासो त्यत्तिकै छ ।
यही चासोका बीच तेस्रो दिनको मतगणनामा पनि मेयरका प्रत्यासी बालेन साहले नै नेतृत्व गर्ने देखिँदैछ । बिहानको मतपरिणाममा स्वतन्त्र उम्मेदवार बालेन साहनै अग्र स्थानमा छन् ।
उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले नेतृत्व गरिरहेकी छिन् । तेस्रो दिन पनि स्वतन्त्र उम्मेदवार साहले कसैलाई अघि बढ्न दिएका छैनन् । पछिल्लो परिणाम अनुसार बालेन ५ हजार ६६५ मत प्राप्त गरेर अग्रह स्थानमा छन् ।
उनलाई अर्का उम्मेदवार नेकपा एमालेका केशव स्थापितले पछ्याइरहेका छन् । स्थापितले ३ हजार ४६ मत मात्र पाएका छन् । यी दुई बीचको मतान्तर हेर्दा आजको दिनको मतगणनामा पनि बालेनले नै नेतृत्व गर्ने देखिएको छ ।
सत्तारुढ गठबन्धनका तर्फबाट उठेकी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह तेस्रो स्थानमा विस्तारै अघि बढिरहेकी छिन् । उनले अहिलेसम्म २ हजार ६४० मत प्राप्त गरेकी छिन् । चौथो स्थानमा राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले ५२१ मत प्राप्त गरेका छन् ।
यसैगरी उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुदेखि नै अग्रता लिइरहेकी छिन् । मेयरका प्रतिद्धन्दीहरुबीचको मतान्तर भन्दा उपमयेरका प्रतिद्धन्दीहरुबीचको मतान्तर धेरै छ । सोमबार बिहानको पछिल्लो मतगणना अनुसार सुनिताले ३ हजार ३८४ मत पाएकी छिन् ।
उनका प्रतिद्धन्दी नेकपा एकिकृत समाजवादीका रामेश्वर श्रेष्ठले ९९२ मत प्राप्त गरेका छन् । यो तथ्याङ हेर्दा उपमेयरमा सुनिता डंगोलको निरन्तरता कायम हुने देखिन्छ । उपमेयरको तेस्रो र चौथो स्थानमा क्रमशः राप्रपाकी विनिता मगैयाले ७६० र विवेकशील साझाकी कीर्ति तुलाधरले १५७ मत प्राप्त गरेकी छिन् ।
सत्यपाटी । काठमाडौं ।