सूचनाको शक्ति - The Power Of Information

        

बझाङको मष्टा गाउँपालिकामा प्रमुख उपप्रमुखसहित ६ वडामा गठबन्धन विजयी

बझाङको मष्टा गाउँपालिका प्रमुख उपप्रमुखसहित ६ वटा वडामा गठबन्धन बिजयी भएको छ । गठबन्धनले गाउँपालिका अध्यक्षमा ज्ञानबहादुर बोहरा, उपाध्यक्षमा हर्कबहादुर धामीसहित ६ वटा वडामा गठबन्धन भएको हो ।

गठबन्धन (कांग्रेस)का गाउँपालिका अध्यक्ष पद उम्मेद्वार ज्ञानबहादुर बोहराले ३०८३ मत पाएर बिजयी भएका भने उनका प्रतिस्पर्धी नेकपा एमालेका गाउँपालिका अध्यक्ष पद उम्मेद्वार दिपक रोकायाले २३३७ मत प्राप्त गरि पराजित गरि बोहरासँग पराजित भए ।

राप्रपाका उम्मेद्वार भने पालिकाभरबाट जम्मा ६ मतमा सिमित बने । बोहरा २०७४ सालको स्थानीय तह चुनावमा नेकपा एमालेका कर्ण कठायतसँग पराजित भएका थिए । यस्तै गाउँपालिका उपाध्यक्षमा गठबन्धन (नेकपा माओवादी केन्द्र)का हर्कराज धामीले नेकपा एमालेका उम्मेदवार शर्मीला रोकायालाई ४८७ मतले पछि पार्दै बिजयी बने ।

हर्कराजले २८१७ मत प्राप्त गरे भने शर्मीलाले २३३० मत मात्रै पत्र गरिन् । वडागत रुपमा पनि ७ वडा रहेको मष्टा गाउँपालिकामा गठबन्धनले ६वटा जितेको छ भने एक वडामा नेकपा एमालेले एक वडामा मात्रै जीत हात पारेको छ । बझाङको मष्टा–१ मा गठबन्धन (नेकपा माओवादी केन्द्र)का वडाध्यक्षसहित प्यानल विजयी भएको छ ।

गठबन्धन (नेकपा माओवादी केन्द)का रामचन्द्र रोकाया ६३६ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका हुन् । रोकायाका प्रतिद्वन्दी एमालेका राजेन्द्र थापाले ४९३ मत मात्रै ल्याए । ४ जना वडा सदस्य पनि सबै गठबन्धनकै निर्वाचित भएका छन् ।

मष्टा गाउँपालिका वडा नम्बर २ मा नेपाली काँग्रेस गठबन्धनका उम्मेदवार प्रकाश खड्का नेकपा एमालेका बिर्ख कठायतलाई ९ मतले पछि पार्दै बिजयी भएका छन् । वडा नम्बरमा गठबन्धन(कांग्रेस) का उम्मेद्वार प्रकाश खड्काले ४५६ मत ल्याएर बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका बिर्ख कठायत ४४७ मत प्राप्त गरि पराजित भएका छन् ।

वडा नम्बर ३ मा गठबन्धन(एकीकृत समाजवादी)का धर्मराज धामी २९१ मतसहित बिजयी भएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका पुरन धामीले २१५ मत प्राप्त गरि पराजित भएका छन् । वडा नम्बर ४ मा गठबन्धन (कांग्रेस)का उत्तम जोशी ३४२ मतसहित बिजयी भएका छन् भने नेकपा एमालेका गोपाल कठायत ३२७ मत प्राप्त गरि पराजित भएका छन् ।

वडा नम्बर ५ मा गठबन्धन(कांग्रेस)का सुधन बोहरा ३४० मतसहित बिजयी भएका छन् भने नेकपा एमालेका रण बोहरा ३३४ मत प्राप्त गरि पराजित भएका छन् । वडा नम्बर ६ मा गठबन्धन (नेकपा माओवादी केन्द्र) शिवराज बोहरा ४५८ मतसहित बिजयी भएका छन् भने नेकपा एमालेका गोपाल आग्री १३२ मत प्राप्त गरि पराजित भएका छन् ।

वडा नम्बर ७ मा नेकपा एमालेका धनबहादुर जेठारा ४२१ मतसहित बिजयी हासिल गरेका छन् भने गठबन्धन (नेकपा माओवादी केन्द्र) रमेश जेठारा ३८० मत प्राप्त गरि पराजित भएका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०९:३७