सूचनाको शक्ति - The Power Of Information

        

दैलेखको भैरवीमा भत्कियो एमालेको गढ, काँग्रेस विजयी

दैलेखको भैरवीमा नेपाली काँग्रेसले नेकपा एमालेको गढ भत्काएको छ ।

यहाँ पालिकाको अध्यक्षमा काँग्रेसकी रिताकुमारी शाहीले ३९७६ मत ल्याएर विजयी भएकी छन् भने उपाध्यक्षमा पनि काँग्रेसकै देवी भण्डारीले ३३७४ मत ल्याएर विजयी भएकी छन् ।

एमालेबाट अध्यक्षमा सर्वराज महताराले ३९६० मत ल्याएर पराजित भए भने उपाध्यक्षमा एमालेले ३२२७ मत पाएको छ । एमालेबाट उपाध्यक्ष लडेकी पदमकुमारी विष्ट ०७४ मा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : २ जेष्ठ २०७९, सोमबार ०७:५८