सूचनाको शक्ति - The Power Of Information

        

बझाङको थलारा गाउँपालिकामा एमालेका रोकाया विजयी, गठबन्धन तेस्रो

बझाङको थलारा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश रोकाया विजयी भएका छन् । उनी २ हजार ७७४ मतका साथ गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।

रोकायाका निटकतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार कुलराज जोशीले २११३ र गठबन्धनका उम्मेदवार विनोद थापाले १२०३ मत प्राप्त गरे । उपप्रमुखमा गठबन्धनका राम खाती ३१५० मत ल्याएर विजयी भएका छन् ।

उनकी प्रतिस्पर्धी एमालेकी मीरा रावलले २५८७ मत ल्याइन् । त्यस्तै, थलारा गाउँपालिका–५ मा गठबन्धनका नरबहादुर खाती ३९० मत ल्याएर विजय भएका छन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ३१३ मत ल्याए ।

थलारा गाउँपालिकामा वडामा विजयी हुनेहरू

१. रवीन्द्र जोशी (माओवादी)
२. रवीन्द्र खाती (एमाले)
३. प्रकाश भण्डारी (माओवादी)
४. रामचन्द्र जोशी (काङ्ग्रेस)
५. नरबहादुर खाती (काङ्ग्रेस)
६. अनिलकुमार विष्ट (एस)
७. किस्ने सार्की (एमाले)
८. कविराज जोशी (एमाले)
९. लोकेन्द्र विष्ट (एस)

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार १२:०६