सूचनाको शक्ति - The Power Of Information

        

घोराही उपमहानगरमा गठबन्धनको अग्रता कायमै

दाङको घोराही उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारहरुले अग्रता कायम राखेका छन् ।

बिहान ७ बजेसम्मको अवधिमा प्रमुख पदमा गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार हेमराज शर्मा (डायमण्ड) एमालेका उम्मेदवार नरुलाल चौधरीभन्दा ३७५ मत अन्तरले आगाडि छन् ।

शर्माले ३ हजार १३७ मत प्राप्त गर्दा चौधरीले २ हजार ७६१ मत प्राप्त गरेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ । उपप्रमुखमा पनि गठबन्धनको तर्फबाट नेपाली कांग्रेसबाट उम्मेदवार भुपबहादुर डाँगीले ३ हजार ४३० मत प्राप्त गर्दै अग्रतालाई फराकिलो बनाउँदै लगेका छन् ।

एमालेबाट उपप्रमुखमा उम्मेदवार बनेकी हिमा डिसीले २ हजार ६५९ मत प्राप्त गरेकी छन् । उपप्रमुखमा गठबन्धनका डाँगी र एमालेकी डिसीबीच ७७१ मतको फरक छ । घोराहीमा अहिले ६ वटा वडाको मत गणना भइरहेको छ । जसमध्ये ३ वडामा गठबन्धनले र ३ वडामा एमालेले अग्रता लिएको छ । एमाले वडा नं. १४, १६ र १७ मा अगाडि देखिन्छ भने गठबन्धन वडा नं. १८, १५ र १९ मा अगाडि छ ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०९:०४