सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोटको बारेकोट–८ मा कांग्रेसका योगेन्द्र सिंह निर्वाचित

जाजरकोटको बारेकोट गाउँपालिका–८ को वडाध्यक्षमा नेपाली कांग्रेसका योगेन्द्र सिंह निर्वाचित भएका छन् ।

उनले नेकपा एमालेका उम्मेदवार दिलबहादुर नेपालीलाई १० मतले पराजित गरेका छन् । निर्वाचित सिंहले ५२६ मत प्राप्त गरे भने नेपालीले ५१६ मत ल्याए ।

वडा सदस्य, दलित महिला सदस्य, महिला सदस्यमा भने नेकपा एमालेले जितेको छ । वडा नम्बर ८ बाट गाउँपालिका अध्यक्षका उम्मेदवार गठबन्धनका महेन्द्र शाहले ९७५ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार वीरबहादुर गिरीले ७२६ मत प्राप्त गरेका छन् ।

उपाध्यक्षमा गठबन्धनका नरबहादुर गिरी (निशान)ले ७६६ मत प्राप्त गरे भने एमालेका गिता सिंहले ७९८ मत प्राप्त गरेकी छन् । बारेकोटमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच तालमेल गरेका थिए भने एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतवार ०८:३१