सूचनाको शक्ति - The Power Of Information

        

भरतपुरमा एमालेको अग्रता कायमै, निर्णायक जगन्नाथ !

चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । अहिलेसम्म २ सय मत गणना गर्दा एमालेका विजय सुवेदीले ८२ मत पाएका छन् ।

यस्तै गठबन्धनबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६८ मत ल्याएकी छन् । कांग्रेसबाट विद्रोह गरी बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले २५ मत ल्याएका छन् ।

पौडेलले यही रफ्तारमा मत पाइरहेमा सत्ता गठबन्धनको कम्तीमा पनि १२ प्रतिशत मत काट्ने आकलन गरिएको छ । अहिले त्यहाँ वडा १ नम्बरको मतगणना भइरहेको छ ।

मतगणना धेरै ढिलाइ भइरहेको गणनास्थलमा खटिएका एकजना प्रतिनिधिले बताएका छन् । गणना सुरु भएको चार घण्टामा केबल २ सय मत मात्रै गन्न सम्भव भएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १८:०६