सूचनाको शक्ति - The Power Of Information

        

शुक्लाफाँटामा माओवादीको अग्रता, उपमेयरमा एमाले

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको मेयरमा माओवादी र एकीकृत समाजवादीको गठबन्धनले अग्रता लिएको छ ।

माओवादीबाट मेयरका उम्मेदवार नवराज ऐरले प्रारम्भिक अग्रता लिएका छन् । पहिलो दुई सय मत गणना हुँदा उनले ७३ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका रणबहादुर महराले ५१ र कांग्रेसका चिन्तामणि भट्टले ३७ मत ल्याएको छ । यस्तै उपमेयरमा नेकपा एमालेकी मोनिका भण्डारीले ५० मतसहित अग्रता लिएकी छन् ।

उपमेयरमा एकीकृत समाजवादीका माधवप्रसाद पन्तले ४५ र नेपाली कांग्रेसकी कल्पना कुमारी जोशीले ३३ मत प्राप्त गरेकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १६:४३