सूचनाको शक्ति - The Power Of Information

        

कम्मरमा नसा च्यापिनुको प्रमूख कारण ‘जीवनशैली’


बढ्दो आधुनिकतासँगै मानिसको जीवनशैली पनि परिवर्तन भइरहेको छ । परिवर्तित जीवनशैलीले हाम्रो अवस्था नै परिवर्तन भएको छ । आधुनिकताको क्रमसँगै हाम्रो स्वास्थ्यमा पनि धैरै किसिमको समस्याहरु आउन थालेका छ । हाम्रो स्वास्थ्यको धेरै समस्या मध्ये कम्मरमा नसा च्यापिनु पनि एक हो । कम्मरमा नसा च्यापिनुको कारणहरु के हुन् ? यो समस्या के के कारणले हुन्छ ? बानेश्वरको मिनभवनस्थित रहेको सुस्वास्थ्य हस्पिटलका सञ्चालक तथा अक्कुपन्चर बिषेशज्ञ सुदर्शन बस्नेतसँग पत्रकार सञ्जय श्रेष्ठले गरेको कुराकानी :

कम्मरमा नसा च्यापिनु भनेको के हो ?
– कम्मरमा नसा च्यापिनु भनेको हामीले त्यसलाई मेडिकल्ली सिन्ड्रोमकोरुपमा साइटिका भन्थ्यौं । कम्मरमा नसा च्यापिनु भनेको मेरुदण्ड र कम्मरमा रहेको हड्डीबिचको भागमा रहेको डिक्समा कहिलेकाहिँ प्रोटोक्सन भएर, हड्डी खिएर, पल्ज भएर साइडबाट निस्किने नसाहरुमा टज भइदियो भने कम्मर दुख्ने हुन्छ । यसलाई नै कम्मरमा नसा च्यापिने भनिन्छ ।

कम्मरमा नसा च्यापिने अवस्था कसरी हुन्छ ?
– बिषेशगरी कम्मरमा नसा च्यापिनुको तीन ओटा कारण छन्, आसन खराब, जर्की मुभमेन्ट, शारीरिक व्यायाम नगर्नु, रेस्ट नगर्नु हुन् । कम्मरको नसा च्यापिदा खुट्टामा समस्या हुन्छ । यो समस्या मुख्यतया लामो समय उभिने, निहुरिएर काम गर्ने, जर्की काम गर्ने, बाथरुममा लामो समय निहुरिएर बस्ने, वैटलिफ्टिगको खेलाडी, अनावश्यक मोटोपन, बच्चा जन्माउने समयको महिलाहरुमा बढी हुन्छ ।

कम्मरमा नसा च्यापिदाको लक्षणहरु के के हून्छन् ?
– कम्मरमा नसा च्यापिदाको लक्षण भनेका कम्मरबाट दुख्दै खुट्टातिर जाने, खुट्टा झम्झमाउने, हिँड्दा, बस्दा, हाच्छ्यु गर्दा, खोक्दा, निहुरिँदा दुख्ने हुन्छ । कम्मरमा नसा च्यापिदा हामीले के बुभ्नुपर्छ भने जुन खुट्टामा हो त्यही मात्र खुट्टामा दुख्ने गर्छ । अलि पुरानो भयो भने खुट्टा नचल्ने तथा सुक्दै जाने हुन्छ । टोइटाहिमुना सिन्डोम कम्मरमा रहेको लाइस्ट स्पाइनल नर्समा टिसियुस हुन्छ । त्यसमा समस्या भयो भने दिशापिसाब रोक्न गारो हुने हुन्छ । साधारणतया कम्मरमा नसा च्यापिएको मान्छेलाई सुतेर २० देखि ३० डिग्री उठाउँदा पनि दुख्ने हुन्छ । यसलाई फाइनल डाइलोशिस गर्नका लागि एमआरआइ गर्नुपर्ने हुन्छ ।

कम्मरमा नसा च्यापिदा अन्य अंगमा कस्तो असर पर्न सक्छ ?
– कम्मरमा नसा च्यापिदा कम्मरभन्दा तलको भागलाई असर गर्छ । कम्मरमूनिको साइटिक नर्स हुन्छ, त्यसले प्रभाव गर्ने सबै भागमा असर गर्छ ।

हृदयघात, मस्तिस्कघात, मेरुदण्डको समस्या लगायतको दिर्घरोगसँग यसको के सम्बन्ध हुन्छ ?
– नसा च्यापिनु यी रोगसँग केहि सम्बन्ध हुँदैन । यी रोगसँगको सम्बन्ध भनेको रक्तनलीसँग हुन्छ । नसा र रक्तनलीबीच त्यस्तो सम्बन्ध हुँदैन । आम मानिसको सोच भनेको नसा र रक्तनली बिचको सम्बन्ध एउटै हो भन्ने सम्झन्छ, तर यो फरक कुरो हो ।

नसा च्यापिएको रोगको उपचार विधि के हुन्छ ?
– सुरुवातमा त पेनकिलरहरु हुन्छन्, मेडिसिनको क्षेत्रबाट जाँदा भने त्यसपछिको उपचार बिधि भनेको फिजियोथेरापी, अक्कुपन्चर र नेचुरल थेरापी नै हो । यो उपचार बिधिबाट ७० देखि ८० प्रतिशत बिरामी ठिक भएको हुन्छ ।

खानपान, रहनसहन र जीवनशैलीले के फरक पार्छ ?
– जीवनशैलीले एकदमै फरक पार्दछ । खानपानमा क्याल्सियमयुक्त खानाको कमी, भिटामिन बि टुबेलको कमी, भिटामीन डीको कमी भयो भने नसाको समस्या बढी हुन्छ ।

यसबाट बच्ने उपाए के के हुन्छ ?
– नसा च्यापिने समस्याबाट बच्ने उपाए भनेको नियमित रुपमा व्यायम गर्ने, जर्की कामहरु नगर्ने, निरन्तर निहुरिएर लामो समयसम्म काम नगर्ने, आफुलाई कम्फर्ट हुने किसिमको आसनमा रहने । केटीहरुले हिल भएको जुत्ताको प्रयोग नगर्ने, मोटोपन घटाउने ।

शुस्वास्थ्य हस्पिटलको तर्फबाट कम्मरमा नसा च्यापिएको बिरामी तथा अरु बिरामी नभएकाहरुलाई के भन्न चाहानुहुन्छ ?
– रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्न नदिनु नै बुद्धिमानी हुन्छ । पहिलो कुरा त म हाम्रो जीवनशैलीलाई नै मुख्य ध्यान दिनको लागि अनुरोध गर्दछु । हामीले हिँड्दा बस्दा खाँदा, बाइक तथा गाडी चलाउँदा लगायत विभिन्न किसिमको काम गर्दा बिषेश ध्यान दिनको लागि भन्छु र साधारणतया नसा च्यापिएको सुरुवातको समयमा नै यसको उपचार गर्नुपर्छ ।

प्रकाशित मिति : २३ चैत्र २०७४, शुक्रबार ०६:०९