सूचनाको शक्ति - The Power Of Information

        

रामधुनीमा कांग्रेस र एमालेबीच कडा टक्कर, इनरुवामा कांग्रेसकै अग्रता

सुनसरीको रामधुनी नगरपालिकाको प्रारिम्भक चरणको मतगणनामा कांग्रेस र एमालेका उम्मदेवारबीच कडा टक्कर देखिएको छ ।

रामधुनी वडा नं. १ बाट सुरु गरिएको मत गणनामा नेपाली कांग्रेसका तर्फबाट मेयरमा सुदिप अधिकारीले ९० मत ल्याउँदा एमालेका तर्फबाट शंकरलाल चौधरीले ९१ मत ल्याएका छन् ।

उपमेयरमा कांग्रेसकी आशा चौधरीले ९१ ल्याउँदा एमालेकी तारा थापाले ९२ मत ल्याएकी छन् । एमालेका मेयर र उपमेयर दुवैले कांग्रेसका उम्मेदवारभन्दा एक–एक मत बढी ल्याएका छन् ।

यहाँ वडाध्यक्षमा नेपाली कांग्रेसका महेष चौधरीले ९० मत ल्याउँदा एमालेका राजकुमार चौधरीले ८९ मत ल्याएका छन् । जसले गर्दा यो वडामा कडा प्रतिस्पर्धा रहेको छ ।

वडा नं. १ मा थारु बाहुल्यता छ । अरु वडामा मिश्रित समूदायको बसोबास छ । रामधुनीको निर्वाचनमा जातीय मतले असर गर्ने गर्छ ।

इनरुवा नगरपालिकामा कांग्रेसकै अग्रता

सुनसरी सदरमुकाम इनरुवा नगरपालिकामा प्रारिम्भक मतगणनामा मेयर–उपमेयर पदमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

प्रारिम्भक चरणको मतगणनामा कांग्रेसका मेयरका उम्मेदवार केदार भण्डारीले ८३ मत ल्याउँदा एमालेका सरोज पोखरेलले ५५ मत ल्याएका छन् ।

यस्तै, उपमेयरमा नेपाली कांग्रेसकी विनिताकुमारी मेहताले ९८ मत ल्याउँदा एमालेकी प्रवीण साहजातले ४० मत ल्याएकी छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १६:३४