सूचनाको शक्ति - The Power Of Information

        

भरतपुरमा एमालेको अग्रता, रेनु चार मतले दोस्रोमा

चितवनको भरतपुर महानगरपालिकामा भएको प्रारम्भिक मतगणनामा नेकपा एमालेका उमेदवारले अग्रता कायम राखेका छन् ।

अहिलेसम्म १०० मत गणना भएको छ । जसमध्ये नेकपा एमालेका विजय सुवेदीले ४१ मत प्राप्त गरेका छन् ।

उनलाई गठबन्धनका तर्फबाट उमेदवार बनेकी रेनु दाहालले पछ्याएकी छन् । दाहालले ३७ मत प्राप्त गरेकी छन् भने बागी उमेदवार जगन्नाथ पौडेलले ८ मत पाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार १४:५५