स्थानीय तह निर्वाचनको मतगणनामा बर्दियामा पालिका प्रमुख पदमा नेपाली काँग्रेसले अग्रता लिएको छ । जिल्लाको आठ पालिकामा दुई वटा वडाको मतगणनामा पाँच पालिका प्रमुख पदमा काँग्रेसले अग्रता लिएको हो ।
गुलरिया नगरपालिका, गेरुवा गाउँपालिका, राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका र मधुवन नगरपालिकामा नेपाली काँग्रेसले अग्रता लिएको छ । त्यसैगरी बाँसगढी नगरपालिका र बढैयाताल गाउँपालिकामा नेकपा एमालेको अग्रता छ भने ठाकुरबाबा नगरपालिकामा नेकपा माओवादीले अग्रता लिएको छ ।
जिल्लामा ३ लाख ११ हजार ४१० मतदाता संख्या रहेको थियो जसमा शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा २ लाख २४ हजार ४९९ मत खसेको छ । बर्दियामा ७२ प्रतिशत मत खसेको रेकर्डले देखाएको छ । जिल्लाको आठ वटै पालिकामा मतगणना जारी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
सत्यपाटी । बर्दिया ।