पाल्पाको माथागढी गाउँपालिका वडा नम्बर ८ बहादुरपुरमा नेपाली कांग्रेसका उम्मेदवार डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको छ । वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् ।
उनका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याए । महिला, दलित महिला र खुल्ला दुई सदस्यसमेत कांग्रेसकै प्यानल विजयी भएको निर्वाचन अधिकृतको कार्यालय माथागढीले जानकारी दिएको छ ।
बहादुरपुरबाट कांग्रेसबाट गाउँपालिका अध्यक्ष पदका उम्मेदवार सन्तोषकुमार थापा मगरले ४०५, उपाध्यक्ष विजया भट्टराईले ३९८ मत ल्याइएन् । निकतम् प्रतिद्वन्दी एमालेका अध्यक्ष उम्मेदवार यम चिदीले प्रमुखमा ३३४ र उपाध्यक्ष विष्णुमाया लुङ्चेले ३०६ मत ल्याएकी छन् । पाल्पाको पूर्वखोला र रम्भामा पनि मतगणना सुरु भएको छ ।
वडा नम्बर १ सिलुवाबाट मतगणना सुरु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । रिब्दीकोट गाउँपालिका, बगनासकाली, तिनाउ, निस्दी, तानसेन नगरपालिकामामा मतगणना सुरु भएको छैन । रैनादेवी छहरा र रामपुर नगरपालिकाममा पनि अझै सुरु भएको छैन ।
सर्वदलीय बैठक बसेकाले केही समयमा सुरु हने मुख्य निर्वाचन अधिकृत खड्गबहादुर केसीले जानकारी दिए । निस्दीमा सहलकोटमा गठबन्धनका उम्मेदवारलाई हात हालेको विषयलाई लिएर सर्वदलीय बैठकमा विवाद भएपछि ढिला भएको छ ।
यस्तै सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर १ घोर्थलीको अध्यक्ष पदमा कांग्रेसका आङदोर्जे शेर्पाले ४१५ मत ल्याएर निर्वाचित भएका छन् । उनी वडामा प्यानलसहित विजयी भएका हुन् ।
उनका निकटम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार प्रेमकुमार मगरले २२७ मत ल्याएर पराजित भएका छन् । एउटै व्यक्तिले दुई पटक मतदान गरेपछि एमाले–कांग्रेसको झडपले लामो समय रोकिएको यहाँको मतदान सर्वदलीय सहमतिपछि शुक्रबार पुनः गरिएको थियो ।
उक्त वडामा ९२७ मतदाता रहेका थिए । शेर्पाको विजयसहित बाह्रबिसे नगरमा कांग्रेसका मेयर, उपमेयरसहित वडासदस्यसहितको पदको मतमा अग्रता ल्याएको छ । बाह्रबिसे नगर १ र २ को मत गणना गर्दा कांग्रेसका मेयरका उम्मेद्वार बालकृष्ण बस्नेत ३९५ र उपमेयर मञ्जु तामाङ ४०२ ल्याएर अघि छन् ।
एमालेका मेयरका उम्मेदवार निमफुञ्जो शेर्पाले २२७ र उपमेयर सुशिला पाख्रिनले भने २२० मत ल्याएकी छिन् । त्यस्तै हेलम्बु गाउँपालिकामा कांग्रेसकाबाट अध्यक्ष उम्मेदवार निमाग्याल्जेन शेर्पा ४१० र उपाध्यक्ष अप्सरा लामिछाने ४०३ मत ल्याएर निकटतम् प्रतिद्वन्द्वीभन्दा अघि देखिएका छन् ।
हेलम्बुमा एमालेतर्फका अध्यक्ष उम्मेदवार दावा लामा ह्योल्मोले ३२० र उपाध्यक्ष गंगा अर्यालले ३२१ मत ल्याएका छन् । अन्य स्थानीय तहभरी केहीमा सर्वदलीय बैठक चल्दैछ । अधिकाशंमा बल्ल मत गणना थालिएको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकृत विकास रिजालले बताए ।
सत्यपाटी । पाल्पा ।