सूचनाको शक्ति - The Power Of Information

        

धुलिखेलमा स्वतन्त्र उमेदवारको अग्रता, गठबन्धन पछाडी

काभ्रेको धुलिखेल नगरपालिकामा स्वतन्त्र उमेदवारको अग्रता देखिएको छ । ९०७ मत गणना हुँदा स्वतन्त्र उमेदवार बिदुरबहादुर बस्नेतले अग्रता लिएका छन् ।

बस्नेत नेपाली कांग्रेसको नगर सभापति थिए । उनले गठबन्धनको विरोधमा स्वतन्त्र उमेदवारी दिएका थिए । उनै बस्नेतले अहिलेसम्म अग्रता हासिल गरेका छन् ।

९०७ मत गणना गर्दा उनले ४०६ मत प्राप्त गरेका छन् । त्यसैगरी नेकपा एमालेका उमेदवार अशोककुमार ब्यान्जुले ३४३ मत प्राप्त गरेका छन् भने गठबन्धनका आधिकारिक उमेदवार दयासागर श्रेष्ठले जम्मा १२ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार ०८:४३