सूचनाको शक्ति - The Power Of Information

        

१४ जिल्लाका ४४ केन्द्रमा मतदान रद्द

शुक्रबार भएको स्थानीय तहको निर्वाचनमा ४४ वटा केन्द्रको मतदान रद्ध भएको छ । तीमध्ये अधिकांश स्थानमा झडपका घटना भएका छन् । दोहोरो झडपपछि कतिपय स्थानमा गोलीसमेत चलेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दिएको जानकारीअनुसार १४ जिल्लाका २८ स्थलको ४४ मतदान केन्द्रमा मतदान प्रक्रिया रद्ध भएको छ । ती स्थानमा मतदान प्रक्रिया रद्ध गरिएको निर्वाचन आयोगले जनाएको छ । अर्को मिति तय गरेर त्यहाँ मतदान हुनेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १९:५९