सूचनाको शक्ति - The Power Of Information

        

निर्वाचन अधिकृत नै प्रहरी नियन्त्रणमा

सर्लाहीमा प्रहरीले एक मतदान अधिकृतलाई नियन्त्रणमा लिएको छ । जिल्लाको बलरा नगरपालिका–३ गाविस भवन मतदान केन्द्रका मतदान अधिकृत राजकिशोर साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मतदान अधिकृत साहले स्वयंले मतदातालाई चुनाव चिह्न नै देखाएर मतदान गर्न सिकाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक प्रविण पोखरेलले जानकारी दिए । हाल त्यहाँ मतदान अवरुद्द भएको छ ।

मतदान सुचारु गराउने प्रयास भइरहेको पनि प्रहरी उपरीक्षक पोखरेलले बताए । हाल मतदान स्थगित गरेर छलफल भइरहेको बलरा नगरपालिकाका निर्वाचन अधिकृत रंजित यादवले जानकारी दिए ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार १३:११