सूचनाको शक्ति - The Power Of Information

        

पत्रकार उमाकान्त पाण्डे रिहा

 ८७ दिनको अबुधाबीमा रहेको केन्द्रीय कारागारमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा हुनु भएको छ ।

नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै यूएई प्रहरीमा उजुरी गरेको थियो ।

पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासङ्घले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे), आरएसएफ, यूएई पत्रकार सङ्घ, आईएफजे मिडिलिष्टलगायतले उहाँको रिहाइका लागि सहयोग गरेका छन् ।

महासङ्घले यूएई प्रहरीमा दूतावासले गरेको उजुरी, पाण्डेका विषयमा अदालतको फैसला, अदालतलाई नेपाली दूतावासको तर्फबाट लेखिएको पत्रलगायतका महत्त्वपूर्ण कागजात प्राप्त गरेपछि नेपाल सरकारलाई दबाब परेको थियो ।

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०८:०७