सूचनाको शक्ति - The Power Of Information

        

कस्तो अवस्थामा मत बदर हुन्छ ?

 निर्वाचन आयोगका अनुसार मतपत्रमा पहिलो पाँच पदका लागि हरेक पदमा एकभन्दा बढी उम्मेदवारलाई मत दिएमा त्यस्तो मत बदर हुन्छ ।

मतपत्रको छैटाैँ र सातौँ लाइनबाट दुई जना वडा सदस्य पदमा निर्वाचित गर्नु पर्नेमा उम्मेदवार भएको वा नभएको निर्वाचन चिह्न भएका दुईभन्दा बढी कोठामा मत सङ्केत गरिएकोमा त्यो पदको मत बदर हुन्छ । मत सङ्केत गर्ने क्रममा स्वस्तिक छाप नबुझिने गरी मसी लत्पतिएमा मत बदर हुन्छ ।

मतपत्रमा स्वस्तिक छाप बाहेक अन्य छाप लगाएमा वा अन्य चिह्नले मत सङ्केत गरेमा मत बदर हुन्छ । दुई वटा चुनाव चिह्न रहेको कोठाको बीचमा पर्ने गरी स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ । उम्मेदवारको चिह्न रहेको कोठाभन्दा बाहिर स्वस्तिक छाप लगाएमा मत बदर हुन्छ ।

यी हुन् मत बदर हुने अवस्थाहरू :

१. सम्बन्धित मतदान अधिकृतको दस्तखत नभएको

२. औँठाछाप लगाइ वा आयोगद्वारा निर्धारित स्वस्तिक चिह्नबाहेक अन्य चिह्न वा छाप लगाइ मतसङ्केत गरिएको

३. मत सङ्केत चिह्न नबुझिने गरी लत्पतिएको वा च्यातिएको

४. उम्मेदवारको निर्वाचन चिह्न रहेको कोठामा मत सङ्केत नगरि अन्यन्त्र मत सङ्केत गरिएको

५. उम्मेदवार नरहेको निर्वाचन चिह्नमा मत सङ्केत गरिएको

६. कुनै पनि उम्मेदवारको निर्वाचन चिह्नमा मत सङ्केत नगरिएको

७. निर्वाचित गर्नुपर्ने सङ्ख्या वा बढी उमेवारको निर्वाचन चिह्न भएको कोठामा छुट्टाछुट्टै मत सङ्केत गरिएको

८. मत सङ्केत नगरि मतदान अधिकृतलाई मतपत्र फिर्ता दिएको

९. आयोगद्वारा निर्धारित मतपत्रबाहेक अन्य मतपत्रद्वारा मतदान गरिएको

१०. मतपेटिकाभन्दा बाहिर राखिएको

प्रकाशित मिति : ३० बैशाख २०७९, शुक्रबार ०८:००