सूचनाको शक्ति - The Power Of Information

        

आईपीएलमा आज राजस्थान र दिल्ली भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा बुधबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

मुम्बईमा हुने दुबै टोली बीचको खेल राति पौने आठ बजे हुने छ ।

यस अघिको भेटमा राजस्थानले दिल्लीलाई १५ रनले हराएको थियो ।

राजस्थान आज दिल्लीलाई हराएर प्ले अफ पुग्ने सम्भावना बलियो बनाउन चाहन्छ । राजस्थान ११ खेल १४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

दिल्ली पनि जित निकाल्दै प्ले अफ सम्भावना कायम राख्ने योजनामा हुनेछ । दिल्ली ११ खेलमा १० अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १३:३९