सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाज एउटा इन्जिन फेल भएपछि फर्कियो

काठमाडौंबाट धनगढी उडेको श्री एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं मै फर्किएको छ ।

विमानको ‘बायाँ इन्जिन’मा समस्या आएपछि काठमाडौंबाट उडिसकेको श्रीको जहाज काठमाडौं फर्काएर आकस्मिक अवतरण गराइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

अहिले जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार १३:३४