सूचनाको शक्ति - The Power Of Information

        

कोहलपुर ९ मा पुगेर आचार्यले भने-‘लालपुर्जा र डुवान समस्या सम्बोधन मेरो पहिलो प्राथमिकता’

नेपाली काँग्रेसका तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदका उम्मेदवार संगिता सुबेदी सहितका उम्मेदवारले आज कोहलपुर नगरपालिका वडा नम्बर ९ का विभिन्न बस्तीमा घरदैलो तथा कोणसभा गरेका छन् ।

कोहलपुर नगरपालिका ९ का वडा अध्यक्ष पदका उम्मेदवार ठाकुरप्रसाद थारुसहितका उम्मेदवारहरु सहभागी घरदैलो अभियानमा स्थानीयबासीको उल्लेख्य सहभागिता रहेको थियो ।

त्यसक्रममा मतदाताहरुले आफ्नो गाउँको बिकास गर्ने युवा नेतालाई भोट दिने प्रतिबद्धता जनाएका थिए । मतदाताहरुले आफूहरुलाई लालपुर्जा उपलब्ध गराउने प्रतिबद्धता गर्ने उम्मेदवारलाई जिताउने बताएका थिए ।

कोहलपुरमा बसोबास गर्ने सुकुम्बासी, विपन्न वर्ग, अव्यवस्थित बसोबासलाई ब्यबस्थित बनाउनेबारे आफू योजना नै बनाएर अघि बढ्ने भन्दै नगर प्रमुख पदका उम्मेदवार आचार्यले निर्वाचित भए लालपुर्जाको समस्या सधैंका लागि अन्त्य गरिने प्रतिबद्धता जनाए ।

यस्तै लामो समयदेखि स्थानीयबासीले झेल्दै आएको डुवान र खानेपानी समस्या दीर्घकालीनरुप हल गरिने आचार्यको प्रतिबद्धता छ ।  उपप्रमुख पदकी उम्मेदवार सुबेदीले आफू निर्वाचित भए महिला अधिकारका सवालमा प्रभावकारी कार्य गर्ने बचन दिइन् ।

उनले महिला हिंसा, महिला माथिको बिभेद अन्त्यका लागि आफूलार्इ मत दिन अपिल गरिन् । आफू लामो समयदेखि विभिन्न संघसंस्थामा रहेर काम गरेको आधारमा उपप्रमुख  पदको गरिमालाई बुझेर काम गर्ने बिश्वास उनले मतदातालाई दिइन् । घरदैलोमा ठूलो संख्यामा स्थानीयबासीको सहभागी रहेको थियो ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ०८:५०