वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदातासँग मत माग्न शीर्ष नेताहरु देश दौडाहामा निस्किंएका छन्।
सत्ता गठबन्धनले प्रदेश अनुसार नै चुनावी सभा सम्पन्न गरिसकेका छन् । शीर्ष नेताहरुले मतदातालाई आफ्नो पक्षमा पार्नको लागि आ-आफ्नो नारा र प्रतिबद्धता अघि सारेका छन् ।
६ वटा महानगर र ११ वटा उपमहानगरपालिकामा सिट बाँडफाँड गरेको सत्ता गठबन्धनमा आबद्ध दलहरुले संयुक्त रुपमा चुनावी सभा समेत सम्पन्न गरेका छन् ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।