मेलम्ची खानेपानी आयोजना जुनसुकै बेला पनि बन्द हुने सम्भावना बढेको छ ।
प्रि-मनसुनकै समयमा भारी वर्षा हुने पूर्वानुमानसँगै बाढी आउन सक्ने सम्भावना बढेकाले आयोजनामा हुने सम्भावित क्षतिलाई जोगाउन आयोजना बन्द गर्नुपर्ने देखिएको हो ।
यही बुधबारदेखि शुक्रबारसम्म भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ । लगतै जेठ पहिलो साता पनि वर्षा हुने मौसमविद्को भनाइ छ ।
वर्षाले बाढीको सम्भावना देखिएमा जुनसुकै बेला मेलम्ची बन्द हुने खानेपानी मन्त्रालयको भनाइ छ ।
यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ ।
सत्यपाटी । काठमाडौँ ।