सूचनाको शक्ति - The Power Of Information

        

१९ अर्ब रुपैयाँ बैंकबाट बाहिरियो, १३ अर्ब रुपैयाँ अझै बाहिर

एक महिनामा १९ अर्ब रुपैयाँ बैंकबाट बाहिरिएकोमा ६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा भित्रिएको छ । बैंकिङ प्रणालीबाट बाहिरिएको १३ अर्ब रुपैयाँ अझै बैंकिङ प्रणालीमा भित्रिएको छैन ।

चुनावको तयारी थालिएसँगै १ महिनाअघि ५६ अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा ह्वात्तै भित्रिएको थियो । चुनावका लागि बैंकिङ प्रणालीबाट बाहिरिएको १९ अर्बमध्ये १३ अर्ब चुनावलगत्तै फेरि बैंकमा नै फर्किने अपेक्षा गरिएको छ ।

निर्वाचन नजिकिँदै थालेसँगै बैंकिङ प्रणालीबाट बाहिरिएको निक्षेप विस्तारै अहिले बढ्न थालेको छ । विगतमा निक्षेप संकलनमा समस्या हुँदै आएकोमा गत साता भने बैंकिङ प्रणालीको निक्षेपमा राम्रो सुधार भएको छ ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार निक्षेपमा सुधार र कर्जा लगानीमा संकुचन हुँदा बैंकको सीडी रेसियोमा पनि सुधार भएको छ ।

बैंकर्स एसोसिएसनका अनुसार पछिल्लो एक सातामा निक्षेप ५ अर्बले वृद्धि भएको छ भने कर्जा लगानी ४ अर्ब रुपैयाँले घटेको छ ।

वैशाख १६ गते ४३ खर्ब ६८ अर्ब रहेको वाणिज्य बैंकहरूको निक्षेप वैशाख २३ गते ४३ खर्ब ७३ अर्ब पुगेको छ । यसैगरी वैशाख १६ गते ४१ खर्ब ९७ अर्ब रहेको कर्जा लगानी २३ गते ४१ खर्ब ९३ अर्ब रुपैयाँमा सीमित भएको छ ।

गत चैतको अन्तिम सातादेखि निरन्तर रूपमा घट्न थाले निक्षेप चुनाव नजिकिएसँगै वाणिज्य बैंकहरूमा निक्षेप आउन थालेको हो ।

चैत मसान्तमा ४३ खर्ब ८९ अर्ब रहेको निक्षेप वैशाखको पहिलो सातामा ४३ खर्ब ७७ अर्बमा सीमित भएको थियो । दोस्रो साता ४३ खर्ब ६७ अर्बमा समिति भएकोमा तेस्रो सातामा आएर ४३ खर्ब ६८ अर्ब भएको थियो ।

वैशाखको चौंथो सातामा भने ४३ खर्ब ७३ अर्ब थपेको छ । यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलवार ०७:२५